News

Jun 19, 2010

संघीय लिम्बुवान राज्य परिषद झापा जिल्लाको सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ,
झापा, जेठ ३०, २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद झापा जिल्लाको दोस्रो सम्मेलन भव्य उद्घाटन, गहन बन्द सत्र र लिम्बुवान भूमिलाई कुनै पनि हालतमा टुक्रिन नदिनेलगायतका महत्वपूर्ण निर्णयका साथ नयाँ कार्य समितिको समेत चयन गर्दै यही जेठ २९ र ३० गते झापाको विर्तामोडमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले सम्बोधन गरे । सम्बोधनको क्रममा लिङदेनले युरोपियन युनियन (ईयू)सँग एकात्मकवादीहरुले लिम्बुवानको भेट हुन नदिएकोमा रोष प्रकट गर्नुभयो । अतिथि लिङदेनले संघीय विरोधी माकुने सरकारको अति घृणित कार्य भएको भन्दै सोको घोर भत्स्रना र विरोध गर्नुभयो । पराराष्ट्र मन्त्रालयले लिम्बुवान-खम्बुवानलाई अवैध घोषणा गर्ने दुस्प्रयास गरेको भन्दै सो पूरै झूटो भएको पुष्टि गर्नुभयो । आफूहरु र आफ्नो सङ्गठन संविधान सभाको चौधौं राष्ट्रिय दल भएको जानकारी दिनुभयो । देश पनि संघीय भएको र आफ्नो पार्टीको नाम पनि संघीय लोकतान्त्रिक तथा संघीय लिम्बुवान भएकोमा यो कसरी अवैध हुन्छ भनी एकात्मक सराकारलाई प्रतिप्रश्न गर्नुभयो । त्यसैले, अवैध त आफूहरु नभई संघीयताको विरोधी एमाले-कांग्रेसहरु भएको आरोप लगाउनु भयो । साथै, मिराकले एकात्मकवादीहरु जति नै डाँको छोडेर रोए पनि संघीय लोक-गणतान्त्रिक आन्दोलन नरोकिने बताउनु भयो ।
उक्त उद्घाटन सभालाई धिमाल स्वायत्त परिषदका मातृका धिमाल, लिम्बुवान बुद्धिजीवी परिषदका सदस्य भानु भट्टाराई, महिला सचिवालय सदस्य निश्चलता लावती, राष्ट्रिय पार्षदहरु प्रेम घिमिरे, पूर्णबहादुर इङ्नाम, केन्द्रीय सदस्यहरु धनराज सुब्बा, कालीबहादुर खेवाङ, केन्द्रीय अर्थ सचिव सुरेन्द्र निङ्लेकू 'नोनाम', उपाध्यक्षहरु ज्ञानबहादुर इम्बुङ र ज्ञानबहादुर गुरुङलगायतले सम्बोधन गर्नु भएको थियो । सभा सुरुहुन अघि नारा जुलुशसहितको विशाल र्यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो ।
यसैगरी, जेठ २९ गते बेलुकीबाट नै विर्तामोडको अतिथि सदनमा सम्पन्न बन्द सत्रमा प्रतिनिधिहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो । सम्मलेनमा झापाको जम्मा ५१ वटा गाविसहरुमध्ये ४८ गाविसका प्रतिनिधिहरु सहभागी थिए । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद झापा जिल्ला कार्य समिति र सिङ्गो झापा जिल्ला अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि र लिम्बुवान भूमिलाई टुक्राउने कार्यको विरुद्धमा वलिदानीपूर्ण सङ्घर्ष गर्ने निर्णय पारित गर्दै मानबहादुर सावाको अध्यक्षतामा ५२ सदस्यीय झापा जिल्ला कार्यसमितिको सर्वसम्मतिले गठन भयो ।
नवनिर्वाचित झापा जिल्ला कार्य समितिमा-
१ अध्यक्षः मानबहादुर सावा
२ उपाध्यक्षः भक्त मेन्याङ्बो
३ उपाध्यक्षः बलबहादुर राई
४ सचिवः सुवास राई
५ सचिवालय सदस्यः धनबहादुर पन्धाक
६ सचिवालय सदस्यः रामबहादुर लिम्बू
७ सचिवालय सदस्यः पदममाया लिङदेन
८ सचिवालय सदस्यः ललिता लोहागुन विश्वकर्मा
९ सचिवालय सदस्यः नुमा येक्तेन
१० सचिवालय सदस्यः राजकुमार लिम्बू
११ सचिवालय सदस्यः विशाल आङदेम्बे
१२ सदस्यः रविनारायण योञ्जन
१३ सदस्यः मानबहादुर लिम्बू
१४ सदस्यः अमन धिमाल
१५ सदस्यः भिमबहादुर थाम्सुहाङ
१६ सदस्यः खड्क लिङखिम
१७ सदस्यः गोमा माया लिङदेन
१८ सदस्यः टीकाराम तुम्बापो
१९ सदस्यः धनकुमार थाम्सुहाङ
२० सदस्यः रामसिङ लिम्बू योङहाङ
२१ सदस्यः होमकुमार थाम्सुहाङ
२२ सदस्यः नरेन्द्र राई
२३ सदस्यः शेरबहादुर कडरिया
२४ सदस्यः देवेन्द्रवीक्रम नेम्बाङ
२५ सदस्यः नन्दु भाइ मेन्याङबो
२६ सदस्यः सिताराम राई
२७ सदस्यः इशाहार मिया
२८ सदस्यः लक्ष्मीप्रसाद कन्दङवा
२९ सदस्यः नरेन्द्र पन्धाक
३० सदस्यः नरेन्द्र मेन्याङबो
३१ सदस्यः सरस्वती सुब्बा
३२ सदस्यः खडकबहादुर काम्बाङ
३३ सदस्यः नगेन्द्र राई
३४ सदस्यः बुद्धिमान योङया
३५ सदस्यः हर्क निङलेकू
३६ सदस्यः बालकृष्ण बान्तवा
३७ सदस्यः शिला तामाङ
३८ सदस्यः भिमराम इधिङ्गो
३९ सदस्यः कुमार गुरुङ
४० सदस्यः रत्न कन्दङ्वा
४१ सदस्यः प्रेमकुमार फोम्बो
४२ सदस्यः प्रेम मगर
४३ सदस्यः मानबहादुर लिम्बू माबो
४४ सदस्यः लक्ष्मी योञ्जन
४५ सदस्यः इन्द्रकुमारी लावती
४६ सदस्यः पार्वती लिम्बू
४७ सदस्यः कमल राजवंशी
४८ सदस्यः खोलाल राजवंशी
४९ सदस्यः इन्द्रबहादुर योङहाङ
५० सदस्यः कृष्ण चेम्जोङ
५१ सदस्यः चैतन्य नाल्बो
५२ सदस्यः वर्षा राई रहेका छन् ।

No comments: