News

Jun 19, 2010

शिवको मुर्ति राष्ट्रपतिले उदघाटन गर्न अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, अषाढ ५ - चित्तपोल ५ स्थित एक सय आठ फिट अग्लो शिवको मुर्ति व्यक्तिगत उपलब्धी भएको भन्दै राष्ट्रपति रामवरण यादवले उदघाटन गर्न अस्वीकार गरेका छन् । 'नितान्त व्यक्तिगत सम्पतिमा बनाइएको चिजको उदघाटन गर्न मिल्दैन,' राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले शनिबार भने-'राष्ट्रपतिले उक्त मुर्तिकौ उदघाटन गर्नुहुने छैन ।' भाटभटेनीमा बस्दै आएका भारतीय नागरिक कमल जैनले आफ्नो एकल लगानीमा मुर्ति तयार गरेका हुन् । लगानीकर्ता जैनले व्यवस्थापनका लागि भन्दै मन्दिर प्रवेश गर्दा एक जनासंग २० रुपैयाँ लिने गरेका छन् ।

No comments: