News

Jun 17, 2010

उरुग्वेको ३-० ले प्रभावशाली जित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोहनेसबर्ग अषाढ ३ - उरुग्वेले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप आयोजक दक्षिण अफ्रिकालाई बुधबार ३-० ले पराजित गरेको छ । जितसँगै चार अंक जोडेको उसको दोस्रो चरण प्रवेश गर्ने संभावना पनि बलियो भएको छ । यसअघि उसले पहिलो खेलमा फ्रान्ससँग गोल रहित नतिजा निकालेको थियो । उरुग्वे १९३० र १९५० को विश्वकप विजेता हो ।
अघिल्लो खेलमा मेक्सिकोसँग १-१ को बराबरी गरेको दक्षिण अफ्रिकाको नकआउट खेल्ने संभावना फ्रान्ससँगको समूह चरणको अन्तिम खेलले निर्णय गर्नेछ । अन्य खेलको परिणाममा पनि उसको यात्रा निर्भर हुनेछ । विश्वकपको इतिहासमा अहिलेसम्म कुनैपनि आयोजक समूह चरणबाटै बाहिरिएको छैन । तयो परम्परा जोगाउने चुनौतीबाट दक्षिण अफ्रिका गुज्रनेछ ।
स्पेनी क्लब एट्लेटिको म्याडि्रडका स्ट्राइकर डिएगो फोर्लानले उरुग्वेको लागि महत्वपूर्ण भूमिका निभाउँदै दुई गोल गरे । दक्षिण अफ्रिकी खेलाडीले फल खेलेपछि प्राप्त पेनाल्टीलाई २४ औं मिनेटमा गोलमा परिणत गरेका उनले ८० औं मिनेटमा फेरि बललाई जाली चुमाएका थिए । तेस्रो गोल अल्भारो परेराले इन्ज्युरी टाइममा गरेका थिए । समूह 'ए' को अर्को खेलमा बिहीबार मेक्सिको र १९९८ को विश्वकप विजेता फ्रान्स भिड्नेछन् ।

No comments: