News

Jun 17, 2010

अर्जेन्टिनाले दक्षिणकोरियालाई ४-१ हरायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३ - गोन्जालो हाइगुनको ह्याट्रिकले दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबलमा बिहीबार अर्जेन्टिनाले दक्षिणकोरियालाई ४-१ हराएको छ । उनले खेलको ३३ औं, ७७ औं र ८० औं मिनेटमा गोल गरे । जोहानेसबर्गको सकरसिटी रंगशालामा भएको खेलको पहिलो आत्मघाती गोल दक्षिणकोरियाका पार्क चू योंगले १६ औं मिनेटमा गरेका थिए । दक्षिणकोरियाका लि चूंग योंगले मध्यान्तर हुनुभन्दा एक मिनेट अघि गरेको एक गोलले नै उसले चित्त बुझाएको छ ।

No comments: