News

Jun 19, 2010

सरकारको नीति तथा कार्यक्रम ल्याउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ५- मन्त्रिपरिषद्को बैठकले आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम सहमतिका आधारमा ल्याउने निर्णय गरेको छ। बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी सकेसम्म सहमति जुटाउन प्रयत्न गरिने र त्यो सम्भव नभए वैकल्पिक उपाय अवलम्बन गरी यही सरकारले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले बैठकले प्रमुख तीन दललाई तीनबुँदे सहमतिबारे स्पष्ट धारणा तय गरी सहमतिमा पुग्न आग्रह गरेको जानकारी दिए। तीनबुँदे सहमति कार्यान्वयनमा ढिलाइ हुँदा सरकारको नीति तथा कार्यक्रमका साथै देश नै गम्भीर सङ्कटमा फँसेको महसुस गर्दै छिट्टै निकासका लागि प्रयास गर्न बैठकले राजनीतिक दलहरूसँग आग्रह गरेको उहाँले जानकारी दिए।मन्त्री पोखरेलले सरकारको विगतको कामको समीक्षा गर्दै आगामी बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताए।
उहाँले सरकार आफ्नो दायित्वबाट पछिनहट्ने भन्दै नीति तथा कार्यक्रम र बजेटको काम अन्तिम तयारीमा पुगेको जानकारी दिए।मन्त्री पोखरेलले जेठ १४ मा भएको तीन बुँदे सहमतिको कार्यन्वयनमा राजनीतिक दलहरु एकमत हुनासाथ गतिरोध अन्त्य हुने बताए।

No comments: