News

Jun 4, 2010

सहमति गरेपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूको बिहीबार बसेको बैठकले शान्तिप्रक्रिया र संविधान निर्माणका सम्बन्धमा न्यूनतम सहमति गरेपछि मात्र प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिने निर्णयगरेको छ। बैठकले जेठ १४ गते भएको तीनबुँदे सहमतिको निष्कर्षपनि त्यही भएको भन्दै माओवादीले पाँच दिनभित्र न्यूनतमा सहमति गरिसकिन्छ भनेका कारण पाँच दिनको समयमा सहमति भएको यद्यपि न्यूनतम सहमतिविना राजीनामा मात्रै दिने कुरा नभएको निष्कर्ष निकालेको छ।प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा तीन महिनाभित्र माओवादी लडाकूहरूको समायोजनाको कार्यतालिका बनाउन माओवादी प्रतिबद्ध भएमा सहमति हुन सक्ने प्रस्तावसमेत माओवादीसमक्ष राख्ने गरी निर्णयबैठकले गरेको छ। कांग्रेस र एमालेले बिहीबार नै तीन दलको बैठक बस्ने निर्णयगरे पनि माओवादीबाट कुनै खबर नआएकाले बैठक बस्न नसकेको बताइएको छ। बिहीबारको बैठकको आयोजना गर्ने जिम्मेवारी माओवादीको रहेको नेताहरूले अघिल्लो दिन नै बताएका थिए।यसैबीच साना ११ दलको बिहीबार नै बसेको बैठकले शान्ति सम्झौताको कार्यान्वयन र संविधान लेखनको समाधान नभएका विषयमा सहमति खोज्ने र राष्ट्रिय सरकारको गठन गर्ने गरी भएको तीनबुँदे सहमतिलाई सही ढंगले कार्यान्वयन गर्न प्रमुख तीन दलका नेताहरूसँग आग्रह गरेको छ। बैठकपछि राष्ट्रिय जनशक्ति पार्टी नेता डा. प्रकाशचन्द्र लोहनी, नेपाल परिवार दलका नेता एकनाथ ढकाल, नेकपा (माले) का महासचिव सीपी मैनालीलगायतले बैठकपछि पत्रकारसँग कुराकानी गर्दै शान्तिप्रक्रिया संविधान निर्माणको कार्यलाई अगाडि बढाउने गरी सहमतिको कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो।

No comments: