News

Jun 18, 2010

मेक्सिकोले २-० फ्रान्समाथि जित रच्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोहानसबर्ग,अषाढ ४ - मेक्सिकोले शुक्रबार पूर्व विश्वकप विजेता फ्रान्समाथि २-० को जित रच्यो । समूह 'ए' को यो नतिजाले विश्वकप २०१० बाट फ्रान्स बाहिरिने सम्भावना बढेको छ । सब्सिच्युट ज्याभिएर हर्नान्डेजले अफ साइड ट्रायप बिट् गर्दै ६४ औं मिनेटमा पहिलो गोल गरे । ब्लान्कोले पेनाल्टीबाट ७९ औं मिनेटमा दोस्रो गोल थपे । सन् १९९८ को विजेता फ्रान्सको दुई खेलबाट एक अंक मात्र छ । अब उसले आफ्नो अन्तिम खेलमा आयोजक दक्षिण अफ्रीकाको सामना गर्नेछ । फ्रान्सलाई दोस्रो चरण पुग्न अब अन्तिम खेलमा जित पनि अपर्याप्त हुन सक्छ । सन् २००८ को विश्वकपमा फ्रान्स पहिलो चरणबाटै बाहिरिएको थियो । समूहमा उरुग्वे र मेक्सिको चार-चार अंकमा शीर्ष स्थानमा छ । दुवैको अर्को चरण पुग्ने सम्भावना अत्याधिक रहेको छ ।

No comments: