News

Jun 17, 2010

विश्वकपका लागि १ अर्ब कन्डम ४० हजार यौनव्यवसायी परिचालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ३- दक्षिण अफ्रिकामा संचालन भइरहेको विश्वकप २०१० एकातर्फ फुटबल प्रतियोगिताको घम्साघम्सीमा चेपिएको छ भने अर्कोतर्फ यौनव्यवसायीहरुले भरिएको 'तातो मैदान' पनि बनेको छ। विश्वभरबाट आएका आगन्तुकहरुलाई घरपरिवारबाट टाढा रहेको भान हुन नदिन यहाँ ४० हजारको संख्यामा यौनव्यवसायीहरु परिचालन गरिएको छ।
१६ प्रतिशत जनसंख्या एचआइभी एड्सबाट संक्रमित भएको यस राष्ट्रमा हाल आएर बेरोजगारलाई रोजगार र देशलाई कर भावनालाई मूर्त रुप दिनको लागि त्यहाँको सरकारले यौनव्यवसायलाई बैधानिक बनाउन पनि पछि परेन। २० सन्तानका पिता मानिने दक्षिण अफ्रिकाका बहुविवाहित राष्ट्रपती जाकोब जुमाले विश्वकपलाई लक्षित गरेर १ अर्ब थान अतिरिक्त कन्डमको आपूर्ति गर्न लगाए। यसअनुसार त्यहाँका स्वास्थ्य कार्यकर्ताहरु एक वर्षमा खपत हुने कण्डम एकै महिनामा खपत हुन लागेको अन्दाज लगाउँछन्।विश्वकप सहभागीहरुलाई खेलकुदको आनन्दसँगै अविस्मरणीय यात्रासुख प्रदान गर्नको लागि भन्दै आफ्नो राष्ट्रमा यथेष्ठ मात्रामा यौन व्यवसायी नभएता पनि विदेशबाट उल्लेख्य संख्यामा व्यवसायीहरु आयात गरिएको त्यहाँस्थित केन्द्रीय औषधी विभागका सहायक प्रमुख डेभिड बेभर बताउँछन्। उनका अनुसार त्यसरी आयात गरिएका युवतीहरु संसारका विभिन्न राष्ट्रहरुबाट छन् भने अधिकांश पूर्वी यूरोपबाट।

No comments: