News

Jun 19, 2010

लिम्बुवान एकता वार्ताको एक झलक

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान /लिलिमहाङ,
मिति २०६७ जेठ २ गतेका दिन झापा चन्द्रगढीस्थित कृष्ण होटलमा संघीय लिम्बुवान राज्य परिषद र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान स्वायत्त राज्य परिषद एकता संयोजन समितिवीच एकता वार्ता प्रारम्भ भयो । उक्त वार्तामा ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान राष्ट्र-राज्य स्थापना गर्नकालागि सबै लिम्बुवान पक्षधर राजनैतिक शक्तिहरु एउटै राजनीतिक पार्टीमा समाहित हुनकालागि सैद्धान्तिक तथा वैचारिक वहस भएको थियो । वहसलाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि आउने एकता महाधिवेसनसम्म सैद्धान्तिक तथा वैचारिक वहसलाई खुला राख्ने मौखिक सहमतिकासाथ पहिलो दिनको वार्ता स्थगन गरियो । वार्तालाई निरन्तरता दिंदै मिति २०६७ जेठ ३ गतेका दिन बिर्तामोडस्थित न्यू हिमाली होटलमा दोश्रो पटक वार्ता बस्यो । उक्त वार्तामा संघीय लिम्बुवान राज्य परिषद (क्रान्तिकारी) का अध्यक्ष मिसेकहाङ थाम्सुहाङ पनि सहभागि भएका थिए । वार्ताको विषयप्रवेस तथा सहजीकरण मञ्चका प्रवक्ता छवि सङबाङफेबाट भएको थियो । विगतका लिम्बुवान आन्दोलन र त्यसका उपलब्धिहरुलाई रक्षागर्दै लिम्बुवान स्वायत्तताको भावी कार्यदिसा तय गर्नकालागि आन्दोलनकारी शक्तिहरुको समाहिकरण हुन जरुरी देखिएकोले सबै लिम्बुवान संगठनको नेतृत्वहरुले आफ्नो स्वार्थकेन्द्रीत आकांक्षा त्यागेर संगठनलाई एउटै ढिक्का बनाउनकालागि ३ बुंदे सहमति कायम गर्दै वार्ता समापन भएको छ । आउदो जेठ ११ गतेका दिन अर्को वार्ता बसि पार्टी समायोजनका प्रक्रिया र विधिहरुलाई पूर्णता प्रदानगरि एकता महाधिवेसनको तर्जुमा गरिने छ ।

No comments: