News

Jun 19, 2010

राजधानी पूर्वको जिल्लामा जाने सवारी साधन ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, अषाढ ६ - मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै गाडी कब्जामा लिएपछि आइतबार राजधानी पूर्वको जिल्लामा जाने सवारी साधन काठमाडौंबाट छुटेको छैन । कब्जामा लिएका गाडीलाई दोलालघाट कोसीपारी नदीको बगरमा राखिएको अरनिको यातायात सेवा समितिले जनाएको छ । दोलालघाटबाट बाह्रबिसे तर्फ गइरहेको बा १ ख ९३८५ नम्बरको बसमा स्टाफलाई जानकारी नदिई झुण्डिएर पछाडि यात्रा गर्दै गरेको अवस्थामा लडेर काभ्रेको सापिङका १३ बर्षीय अशोक माझीको मृत्यु भएको थियो ।
मृतकको परिवारले माग अनुसारको क्षतिपूति नदिएको भन्दै दोलालघाटका स्थानीयले अरनिको राजमार्ग हुदै गुडने भाडाका ८५ वटा गाडी कब्जामा लिएपछि यातायात सुचारु गर्न मजदुरले नमानेको अरनिको यातायात सेवा समितिका सचिव श्याम लामाले जानकारी दिनुभयो । यातायात नचलेपछि राजधानी बाहिर जाने यात्रु पुरानो बसपार्कमा अलपत्र परेका छन् । उनका अनुसार राजधानी पूर्वको काभ्रे, पाँच वटा जिल्लामा दैनिक दुई सय ६४ वटा गाडी ओहोर दोहोर गर्ने गरेको छ ।
गाडी कब्जामा लिएपछि जलबिरे रुटतर्फ ४१ वटा, चौतारा पलाञ्चोक तर्फ २९, काशीपारी तर्फ नौ, मुडे देउराली र सिंगटी १५, जिरी, मन्थली रामेछाप तर्फ सुपर १७, चरिकोट, तामाकोसी, जिरी लोकल तर्फ २१ गरी दुई तर्फ गरी दुई सय ६४ गाडी आउने गरेको छ । स्थानीयबासीले मृतकका परिवारलाई दुई लाख क्षतिपूर्ति, अस्पतालमा तीन दिन बस्दा खाना खर्च ३० हजार रुपैया माग राखेका छन् ।
अस्पतालमा बस्दा उपचार खर्च बापत ६० हजार, किरिया खर्च १५ हजार र सरकारले तोकेको एक लाख रुपैया दिन तयार हुदा पनि स्थानीबासीले नमानेको समितिका अधयक्ष केदार खत्री क्षेत्रीले बताए ।

No comments: