News

Jun 18, 2010

ठगी गर्ने एक डाक्टरलाई मोरङ प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटगरमा क्लिनिक साचालन गरेर बिरामी ठगी गर्ने एक डाक्टरलाई मोरङ प्रहरीले बिहीबार पक्राउ गरेको छ। विराटनगरको रंगेली रोडमा क्लिनिक साचालन गर्दै आएका डाक्टर प्रफुल्लकुमार शर्मालाई प्रहरीले छापामारी पक्राउ गरेको हो। युथफोस्र मोरङका कार्यवाहक अध्यक्ष सुरज श्रेष्ठले उदयपुर साउने गाविसमा बस्ने माया राईलाई ठगी गरी उपचार गरेको भन्ने उजुरीको आधारमा डा. शर्मालाई प्रहरीले पक्राउ गरेको हो। धारामा पानी चलाउने क्रममा लडेर उनको खुट्टा मर्किएको थियो। खुट्टा सुनिएर हिँडडुल गर्न समेत गाह्रो भएपछि उनी आफ्ना श्रीमान् तेहरमानका साथमा बुधबार विराटनगर आएकी थिइन्। विराटनगरको जनआन्दोलन चौकमा गाडीबाट उत्रिएपछि उनीहरुले रिक्साचालकलाई न्युरो अस्पताल लैजानु भनेका थिए। रिक्साले विराटनगरका विभिन्न ठाउँमा घुमाएर रंगेली रोडस्थित डाक्टर शर्माको क्लिनिकमा पुर् याएका थिए। डाक्टरको क्लिनिकमा पुर्याएपछि तेहरमान राईले यो ठाउँमा होइन न्युरो अस्पताल जाने भन्दा रिक्साचालकले न्युरोका ठूला डाक्टर यहीं आउँछन् भन्दै क्लिनिकभित्र पठाएको पीडित तेहेरमानको कथन थियो।क्लिनिकमा पुगेपछि बिरामीलाई समेत के भएको नसोधी रगत जाँच्ने भन्दै रगत झिकेर जाँच गराउन डाक्टरले सिफारिस गरेका थिए। केही क्षणपछि रगत जाँचेको रिपोर्ट आयो भनी २२ सय रुपियाँ मागेका थिए। त्यति मात्र हैन बिरामी जाँचेको ५ सय र औषधिको २ हजारसमेत लिएका थिए। यसरी रिक्साचालकहरुलाई प्रयोग गरी बिरामी ठगेको आरोपमा डाक्टर शर्मा पटकपटक पक्राउ पर्ने गरेको मोरङ प्रहरीले जनाएको छ।

No comments: