News

Jun 18, 2010

कांग्रेसले नयाँ सरकार बारेमा माओवादीसँग वार्ता गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक गतिरोधको अन्त्य र नयाँ सरकार गठनप्रक्रियाको बारेमा नेपाली कांग्रेसले एकीकृत नेकपा माओवादी सँग वार्ता गर्ने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले संविधानसभाको म्याद थप भएको २० दिन बितिसक्दा पनि शान्तिप्रक्रियालगायत राजनैतिक गतिरोधको समाधानको विषयमा कुनै पनि प्रगति नभएको भन्दै नेपाली कांग्रेसले सहमति निर्माणका लागि एकीकृत माओवादीलगायतका दलहरुसँग वार्ता लागि पहल गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सनेपामा भएकॊ बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा संसदीय दलका नेता रामचन्द्र पौडेल उपसभापति प्रकाशमान सिंह तथा सदस्यहरु डा। रामशरण महत महेश आचार्य विनयध्वज चन्द सुनिलकुमार भण्डारी दीपकुमार उपाध्याय मानबहादुर विश्वकर्मा दिलेन्द्रप्रसाद बडु अर्जुनप्रसाद जोशी र केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बोल्नुभएको थियो। बैठक आज शुक्रबार पनि जारी रहनेछ।

No comments: