News

Jun 19, 2010

विषालु च्याउ खाएर परिवारै सखाप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गएको जेठ १४ गते बेलुका जंगलबाट ल्याएको विषालु च्याउ खाएर चितवनको कान्दामा एकै परिवारका ८ जनाले ज्यान गुमाए। च्याउ विषालु भनेर चिन्दाचिन्दै टुनामुनाबाट विष मार्न सकिने अन्धविश्वासमा खाँदा यस्तो दर्दनाक घटना भएको पाइएको छ। चितवनको अति विकट लोथर गाविसको वडा नम्बर ९ मा पर्ने कान्दा गाउँ आइपुग्न पूर्व-पश्चिम राजमार्गबाट कम्तीमा १० घण्टा हिँड्नुपर्छ। यहाँका बाबुराम चेपाङले घरनजिकैको जंगलबाट १४ जेठको साँझ ल्याएको विषालु च्याउको तरकारी खाँदा एक साताभित्रमा उनी उनकी श्रीमती दुई/दुई छोराबुहारी र दुई नातिनी गरी ८ जनाको ज्यान गएको थियो।

No comments: