News

Jun 19, 2010

आईएलओ महासभामा नेपाल मताधिकारबाट वञ्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ६ - जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको ९९ औं महासभामा नेपाल आफ्नो मतधिकारबाट वञ्चित हुनुपरेको छ । महासभाको घरेलु श्रमिकको अन्तर्राष्ट्रिय महासन्धिको विषयमा विवाद उत्पन्न भएपछि सदस्य राष्ट्रहरूले मत हाल्नुपर्ने अवस्थामा नेपाल सरकार भने मताधिकारबाट वञ्चित हुनुपरेको हो । यसमा नेपालबाटै सहभागी भएका टे्रड युनियन र रोजगारदाताले भने मताधिकार पाएका छन् ।

No comments: