News

Jun 19, 2010

वन कर्मचारी र ठेकेदारकै मिलेमतोमा व्यापक वन फडानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, ४ असार : प्रधानमन्त्रीले वन फडानी नियन्त्रण गर्न निर्देशन दिइरहेका वेला उत्तरी मोरङमा वन उपभोक्ता समिति, वन कर्मचारी र ठेकेदारकै मिलेमतोमा व्यापक वन फडानी भइरहेको छ । संक्रमणकालको फाइदा उठाउँदै तस्करसँग मिलेर वन पदाधिकारीले आधा दर्जन गाविसका हरिया सखुवाका रूख काटेर राष्ट्रिय वन उजाड बनाइसकेका छन् ।
रक्षकका रूपमा रहेका वन पदाधिकारी नै भक्षक भएर काँचा रूख काटान गर्न थालेपछि केराबारी गाविसका स्थानीयवासी वन जोगाउन लागिपरेका छन् । उत्तरी मोरङका भोगटेनी, याङ्सिला, केराबारी, जाँते, टाँडी, लेटाङ, मधुमल्लामा तीव्र वन प"mडानी भइरहँदासमेत जिल्ला वन कार्यालय मूकदर्शक भएको भन्दै उनीहरू वन जोगाउन तम्सिएका हुन् ।
वन विभागले सार्वजनिक सूचना नै प्रकाशित गरी वन पैदावर निकासीमा रोक लगाए पनि यहाँका घनाजंगलबाट वन उपभोक्ता समितिका पदाधिकारी, वन कार्यालयका कर्मचारी र काठ ठेकेदारले काँचा सखुवाका रूख काट्न छाडेका छैनन् । वन विनाश रोक्नेबारे सरकारी निकायको उदासिनताका कारण जिल्लाका अधिकांश वन क्षेत्र उच्च जोखिममा परेका छन् । जिल्लाका उत्तरी चुरे क्षेत्रमा खोरिया फाँड्ने, विकासका नाममा जंगल फडानी गर्दै जथाभाबी बाटो निकाल्ने र काठ तस्करी गर्ने क्रम बढेपछि स्थानीयले जनपद प्रहरीको साथ लिएर वन विनाश रोक्ने निर्णय गरेका हुन् ।

No comments: