News

Jun 19, 2010

कांग्रेसले प्रधानमन्त्री चयनको जिम्मा चार शीर्षनेतालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ६- कांग्रेसले पार्टीभित्र प्रधानमन्त्री चयनको जिम्मा चार शीर्षनेतालाई दिएको छ। अन्य दलसँगको छलफलपछि मात्र प्रधानमन्त्रीका लागि सिफारिस गर्ने नामको टुंगो लगाउने पार्टीले निर्णय लिएको छ।
शनिवार मुख्यालय, सानेपामा बसेको केन्द्रीय समिति बैठकले नयाँ सरकार गठन अन्य दलसँगको सहमतिका आधारमा हुने भएकाले पार्टीले पठाउने प्रधानमन्त्रीको नामबारे पनि दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो। बैठकले छलफल र नाम चयनको जिम्मा कार्यबाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री कुलबहादुर गुरुङलाई दिएको छ। 'पार्टीमा प्रधानमन्त्री दाबी गर्दै आएका तीन नेताबारे अन्य दलसँग पनि छलफल गरी निर्णय गर्ने सहमति भएको छ', बैठकपछि कांग्रेस महामन्त्री कुलबहादुर गुरुङले नागरिकसँग भने, 'सहमतिमा चार शीर्षनेताले नाम चयन गर्नेछन्।'

No comments: