News

Jun 19, 2010

राजीनामा पर्खाइमा अल्मलिँदै माओवादी बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ६ - प्रधानमन्त्रीको राजीनामा पर्खंदा माओवादीको बैठक लम्बिएको छ । राजीनामा नआउँदै निर्णय गर्न व्यावहारिक नहुने भन्दै बैठक पाँच दिनदेखि अलमल्लिइरहेको छ । प्रधानमन्त्रीको राजीनामालाई पहिलो सर्त राख्दै उसले सत्तारूढ कांग्रेस, एमालेसँग वार्ता स्थगित गरी पोलिटब्युरो बैठक जारी राखेको छ । आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्था नभए के गर्ने भन्नेमा माओवादीलाई निर्णय गर्न गाह्रो परेको एक स्थायी समिति सदस्यले जानकारी दिए । प्रधानमन्त्री छिट्टै राजीनामा दिने मनस्थितिमा पुगेकाले उसले निर्णय पर्खेर बसेको हो ।

No comments: