News

Jun 19, 2010

प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठले कर्मचारीसँग माफी मागे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
४ असार : कर्मचारीलाई प्रहरी लगाएर कुटपिट गराएको विषयमा प्रधानमन्त्री माधवकुमार नेपालले सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठसँग शुक्रबार स्पष्टीकरण लिएका छन् । प्रधानमन्त्री नेपालले कर्मचारीमाथि दुव्र्यवहार गर्न लगाएको भन्दै श्रेष्ठलाई झपारेका थिए । 'तपाईंको मन्त्रालय परिसरमा कर्मचारीमाथि दुव्र्यवहारको घटना भएकाले त्यसको जिम्मेवारी तपाईंले लिनुपर्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईंले कर्मचारीसँग तत्काल माफी माग्नुपर्छ ।'
प्रधानमन्त्रीले माफी माग्न कडा निर्देशन दिएपछि मन्त्री श्रेष्ठले शुक्रबार कर्मचारीसँग माफी मागेका छन् । नेपाल निजामती कर्मचारी संगठनका एक उच्च पदाधिकारीका अनुसार प्रधानमन्त्री नेपालले मन्त्री श्रेष्ठलाई कर्मचारीसँग सार्वजनिक रूपमा माफी नमागे मन्त्रीबाटै बर्खास्त गर्नसक्ने चेतावनी दिएका थिए । 'प्रधानमन्त्री, मन्त्री श्रेष्ठसँग निकै आक्रोसित हुनुभएछ, कर्मचारीसँग माफी नमागे बर्खास्त गर्नसक्नेसमेत चेतावनी दिएपछि उहाँले हामीसँग माफी माग्नुभएको हो ।' संगठनका ती उच्च अधिकारीले भने । यसअघि एमालेले पनि मन्त्री श्रेष्ठले गल्ती गरेको भन्दै कर्मचारीसँग माफी माग्न निर्देशन दिएको थियो ।

No comments: