News

Jun 17, 2010

डिपीआर तत्काल नरोके माओवादीद्वारा आन्दोलन चर्काउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, असार ३- एकीकृत माओवादीले सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय परियोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) रोक्न पटक–पटक चेतावानी दिए पनि काम नरोकिएको भन्दै अब कडा आन्दोलन चर्काउने चेतावनी दिएको छ। उच्च बाँध निर्माणले राष्ट्रियस्तरमै दूरगामी असर पर्ने भएकाले आन्दोलनको विकल्प नभएको उनीहरुले बताएका छन्।
डिपीआर कार्य रोक्न माग राखेर माओवादीको जातीय समूहले बिहीबार सुनसरी, मोरङ र झापा जिल्ला प्रशासन कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र पनि पठाएका छन्। शान्तिपूर्ण आन्दोलनको अन्तिम कार्य सकिएकाले तत्काल काम नरोके चाँडै नै निर्णय गरेर प्रतिकारात्मक र दमनात्मक आन्दोलनका कार्यक्रम सार्वजनिक गरी सोहीअनुसार अघि बढ्ने सयुक्त जातीय मोर्चा कोचिला राज्य समिति उत्तरी क्षेत्रका संयोजक मुक्साङ मेयाङ्बोले बताए।उच्च बाँध निर्माणले राष्ट्रियस्तरमै दूरगामी असर पर्ने भएकाले आन्दोलनको विकल्प नभएको उनले बताए। उनले भने- नेपाली प्राकृतिक स्रोत–साधनमाथि बह्मलुट मच्चाउने कार्य माओवादी सहेर बस्दैन। सम्पुर्ण नेपालीको सहयोगले राकेरै छाड्छ।सुनसरीको बराह क्षेत्र मन्दिरदेखि डेढ किलो मिटर उत्तरमा पर्ने धनकुटाको आहाले उदयपुरको मैनामैनी बीचमा निर्माण गरिन लागिएको उच्च बाँधको डिपीआर कार्य यसअघि तीन पटक रोकिएको थियो । पछिल्लो पटक माओवादीले जेठ–२२ गते उच्च बाँध निर्माणस्थल धनकुटा आहाले–१ सुनाखरीमा गई विस्तृत अध्ययन (डिपिआर) को काम बन्द गर्न चेतावनी दिएको थियो। तर, दुई दिनपछिदेखि काम सुचारु भएको थियो।माओवादीले सन् १९४१ र सन १९८१ मा भारतसँग भएको उच्चस्तरीय गोप्य सन्धिका आधारमा उच्च बाँध निर्माण हुन लागेको र त्यसले नेपाली तथा भारतीय दुवै देशका जनतालाई फाइदा नगर्ने जनाएको छ।

No comments: