News

Jun 8, 2010

पाल्पाको सामुदायिक वन फँडानी तीव्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल/ पश्चिम पाल्पाको काम्ले टटरी सामुदायिक वन फँडानी तीव्र भएको छ । वन फँडानीमा उपभोक्ता समितिका पदाधिकारी नै सक्रिय हुने गरेका छन् । फँडानी गरिएको काठ बिक्री गरी विकास निर्माणका काम गर्ने गरेको उनीहरूले दाबी गरेका छन् ।कचल- ६, ८ र ९ लाई छोएको तीन सय ६३ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा रहेका ठुल्ठूला रूख छानीछानी उपभोक्ताले काट्ने गरेका छन् । सो वनमा बढी मात्रामा सालका रूख छन् । ९० घरधुरी उपभोक्ता भएको सो वनमा काटिएका काठ वनमा थुप्रो लगाएर ठाउँ-ठाउँमा राखिएको छ । उपभोक्ता समितिकै अनुमतिमा काँचो काठ काट्ने गरेको समितिकै पदाधिकारी बताउँछन् ।वन फँडानीबारे कसैले विरोध जनाउन सकेका छैनन् । वन उपभोक्ता समितिका सल्लाहकार टीकाराम भण्डारीले भने, 'सुरु-सुरुमा वन फँडानी नगर्न अनुरोध गर्दा अन्य उपभोक्ताले विकासविरोधीको संज्ञा दिए । काँचो काठ नकाटाँै छोरा-नातिका पालामा पनि वनजंगल चाहिन्छ भन्दा उल्टै गाली पाएपछि जे हुन्छ होस् भनेर चुप लागेँ ।'यस्तै, अर्का उपभोक्ता वासुदेव पन्तले गाउँको विकास निर्माणका काममा सरकारले वास्ता नगरेपछि बाटो, खानेपानी, सिँचाइका लागि वन फँडानी गरी काठ बिक्री गरेर रकम जुटाएको दाबी गरे । सो सामुदायिक वनका काठ बजारसम्म ल्याउन वनको भित्रसम्म सडक निर्माणसमेत गरिएको छ । काठ बिक्रीबाट उठेको रकम विभिन्न शीर्षकमा समितिका व्यक्तिले नै कुम्ल्याउने गरेका छन् । काठ बिक्रीमा समेत काम्ले टटरी सामुदायिक वनमै विवाद देखिएको छ । समितिका अध्यक्ष खिमबहादुर सिँजाली मगर र सचिव कमलप्रसाद न्यौपानेले समितिको कार्यालयमा टेन्डर स्थगित गरिएको सूचना टाँस गरेका छन् ।

No comments: