News

Jun 8, 2010

राजाका फोटो अंकित नोट हटाउन अझै ३ वर्ष लाग्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ जेठ,मुलुकमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भए पनि पूर्वराजाहरूका फोटो अंकित नोट अझै ३ वर्षसम्म चलनमा रहिरहने भएका छन् । नेपाल राष्ट्र बैंकले मुलुकमा गणतन्त्र घोषणासँगै बितेका २ वर्षमा योजनाअनुरूप नोट छाप्न नसकेकाले पूर्वराजाका फोटो अंकित नोट अझै ३ वर्षसम्म प्रतिस्थापन गर्न नसक्ने बताएपछि पुराना नोट चलनमा रहिरहने भएका हुन् ।०६४ भदौमा तत्कालीन मन्त्रिपरिषद्ले ४ वर्षभित्रमा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका फोटो भएका नोट प्रतिस्थापन गर्न दिएको निर्देशनअनुसार ०६८ सम्ममा सबै नोट चलनचल्तीबाट हटाउनुपर्थ्यो । तर, राष्ट्र बैंकले पर्याप्त नोट छाप्न नसकेपछि पूर्वराजाका तस्बिर भएका नोट हटाउने समयसीमा १ वर्ष थप गरी ०६९ सम्म पुर्‍याएको छ । नयाँ नोट पर्याप्त नभएसम्म पूर्वराजाका फोटो अंकित नोट बजारमा रहिरहनेछन् ।

No comments: