लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २४- वैदेशिक रोजगारका लागि १२ दिनअघि मलेशिया पुगेका २२ नेपाली अलपत्र परेका छन्। मे २६ मा मलेशिया पुगेका नेपाली कामदार जनाल वान्ती भन्ने ठाउँमा अलपत्र परेको अलपत्र मध्येका एक गंगाराम आचार्यले इमेलमार्फत जनाएका छन्।
आचार्यले लेखेका छन्- 'मलेशिया पुगेको ४ दिनसम्म कम्पनीमा कुनै खानेबस्ने सुविधा बिना एकदमै कठोर काम गर्यौं, त्यसपछि अलपत्र छौं। नेपालबाट भनेको जस्तो कुनै सुबिधा नभएको त्यस कम्पनीमा ६ जनालाई राखी अन्यलाई काजानंगको एक कोठामा राखेका छन्।'
उनका अनुसार उनीहरुले नेपालबाट लगेका बिस्कुट खाएर अहिलेसम्म ती नेपालीहरु बसिरहेका छन्। अब खाने केहि छैन्- उनले अभाव लेखेका छन्। गंगारामका अनुसार ती कम्पनीमा सात सय नेपाली छन्। उनीहरुको अवस्था पनि दयनीय छ।
उनीहरुले नेपालस्थित पौरखी नेपालमा जानकारी दिएपनि, कुनै प्रतिक्रिया नआएको उनले बताए। उनीहरू काठमाडौंस्थित ४ मेनपावरबाट मे २६ तारिख अर्थात जेठ १२ गते मलेशिया पुगेका हुन्। अलपत्र पर्नेहरु इलाम, झापा, मोरङ, बैतडी र गोर्खाका छन्।
उनीहरुसँग पोसपोर्टको फोटोकपी समेत नभएकाले राजदुताबासमा सहयोग माग्न नसकेको आचार्यले जानकारी दिए। उनीहरुले उद्धारको सहयोग मागेको छ।

No comments:
Post a Comment