लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, २४ जेठ,भारतीय जनता पार्टी (भाजपा) का नेताको नेतृत्वमा आएका भारतीय नागरिकले नेपाली भूमि अतिक्रमण गरी खेती गर्न थालेका छन् । उनीहरू कन्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्रको झिलमिला फाँटामा खनजोत गरी खेती गर्न थालेका हुन् ।भाजपा नेता तथा भारतको पिलभित जिल्लाका पूर्वसपभाति गुरुदयाल सिंह सरदारको नेतृत्वमा भारतीय अतिक्रमणकारीले नेपाली भूमि कब्जा गरेका हुन् । भारतको टाटरगन्जनिवासी गुरुदयाल भाजपाका प्रभावशाली नेता हुन् । पिलभितका पूर्व जिल्ला सभापति गुरुदयालले गुन्डा लिएर नेपाली भूमि खनजोत गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
उनको नेतृत्वमा रहेका भारतीय अतिक्रमणकारीको समूहले कन्चनपुरको रौतेलीविचवा-९ झिलमिला फाँटामा खनजोत गरेको हो । नेपाल-भारत सीमा स्तम्भ नं.२८ र २९ को बीचमा रहेको सो क्षेत्रमा एक सातादेखि खनजोत गर्न थालिएको स्थानीय बासिन्दाले बताएका छन् ।
झिलमिला फाँटाको पश्चिमतिरको सो क्षेत्र बेलडाँडी-९ को किसान मध्यवर्ती सामुदायिक वनक्षेत्रभित्र पर्छ । हतियारसहित नेपाली भूमि छिरेर गुरुदयाल सिंहले नेपाली किसानलाई धम्क्याउँदै खनजोत गरिरहेका हुन् । उनले सामुदायिक वनका उपभोक्तालाई पेस्तोल तथा खुकुरी देखाएर धम्क्याउने गरेका छन् । भाजपा नेता गुरुदयालले नेपालको १० बिघाभन्दा बढी जमिन खनजोत गरेको किसान मध्यवर्ती सामुदायिक वनका मिने रोकायाले बताए ।

No comments:
Post a Comment