News

Jun 7, 2010

माओवादीले अपहरण प्रकरणमा मुछेकोमा आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) ले चिकित्सक भक्तमान श्रेष्ठको अपहरण प्रकरणमा आफ्नो पार्टीलाई मुछेकोमा आपत्ति जनाएको छ। पार्टीका पदाधिकारीहरूको आइतबार पार्टीध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा भएको बैठकले यो प्रकरणको भण्डाफोर गर्ने निर्णय गरेको छ। चिकित्सक श्रेष्ठको अपहरणमा माओवादी संलग्नता देखिएको समाचारहरू आउन थालेपछि माओवादीले नेता अमिक शेरचनको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले आफ्नो पूर्णविवरण भने अझै र्सार्वजनिक गरेको छैन।प्रधानमन्त्री माधवकुमार नेपालले समेत अपहरणमा माओवादी संलग्नता भएको भनी अभिव्यक्ति दिएकोमा माओवादीले आक्रोश व्यक्त गरेको छ। अपहरणमा परेका चिकित्सकलाई मुक्त गराउन नसक्ने सरकारले माओवादीमाथि आरोप लगाएकोमा माओवादी आक्रोशित भएको हो। बैठकमा छानबिन समितिका संयोजक शेरचनले अपहरणबारे जानकारी गराउनुभएको थियो।

No comments: