लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुन्धारास्थित बुलेटबार डान्सबारमा काम गर्ने युवतीहरूलाई बन्धक बनाई जबर्जस्ती डान्स गर्न लगाउले सोही डान्सबारका सञ्चालक गौरव लामा, प्रभात लामा र अमृत ओलीलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ।लामो समयदेखि त्यहाँ कार्यरत युवतीहरूलाई कोठाबाट बाहिर समेत निस्कन नदिई डान्सबार आउने ग्राहकसँग यौनजन्य क्रियाकलापमा समेत ती युवतीहरूलाई लगाउने गरेको उनीहरूले जानकारी दिएका छन। यौनजन्य क्रियाकलापमा लगाइएका युवतीहरूलाई उनीहरूले समेत यौन शोषण गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।त्यसै गरी कोटेश्वरस्थित सुनगाभा गेस्ट हाउस सञ्चालिका रीता थापा भन्ने ज्ञानु थापाले विभिन्न उमेर समूहका युवतीहरूलाई खान, बस्न तथा राम्रो तलब दिन्छु भनी राखी गेस्ट हाउसमा आएका पुरुषसँग यौन सर्म्पर्कका लागि बस्न लगाउने बस्न नमाने गाली गलौज गरी ज्यान मार्ने धम्की दिई जबर्जस्ती शारीरिक शोषण गर्न लगाउने गरेकाले उनलाई प्रहरीले पक्राउ गरी जीउ मास्ने बेच्ने अभियोगमा कारबाही अगाडि बढाएको छ। उनलाई जिल्ला अदालत काठमाडौंले कारबाहीका लागि पुर्पक्षमा राख्ने आदेश दिएको छ।त्यस्तै ठहिटीस्थित गणेश गेस्ट हाउस सञ्चालन गरी बस्ने प्रेमबहादुर खड्कालाई विभिन्न उमेरका केटीहरूलाई खाने बस्ने तथा राम्रो तलब दिन्छु भनी आर्थिक प्रलोभनमा पारी उक्त गेस्ट हाउसमा राखी गेस्ट हाउसमा आउने पुरुषसँग यौनजन्य क्रियाकलाप गर्न लगाउने र आर्थिक प्रलोभन तथा डर-त्रासमा पारी यौन सर्म्पर्क गर्न लगाएको भन्दै प्रहरीले कारबाही अगाडि बढाएको छ। उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा राख्ने आदेश दिएको छ।
No comments:
Post a Comment