News

Jun 5, 2010

माओवादीलाई 'थाहा थियो' डा. श्रेष्ठको अपहरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २३, माओवादी छानविन समितिका संयोजक अमिक शेरचनले डा. भक्तमान श्रेष्ठलाई कसरी कहाँ राखिएको छ भन्ने आफूलाई थाहा भएको बताएका छन्। डा. श्रेष्ठ रिहा भएपछि नागरिकसँग टेलिफोनमा शेरचनले भने, 'ती सबै कुरा अहिल्यै भन्दिन। आवश्यक परे खुलाउँछु।' डा. श्रेष्ठलाई राज्यले अपहरणमुक्त गराउन नसकेको बरू राजनीतिक दल एवं स्वास्थ्यकर्मीको दवावपछि अपहरणकारी समूहले मुक्त गरेको जिकीर पनि उनले गरेका छन्।आफूहरूले भरतपुर पुगेर छानबीन गर्दा 'धेरै कुरा थाहा' पाएको उल्लेख गर्दै उनले भने, 'अपरेसनमा रहेका सहयोगी र अपहरणकारी त्यहीँ नजिक आएर चिहाइरहेको समेत भेटियो।'अपहरणमा शंका लागेका १५/२० जनालाई २/२ घन्टा राखेर सोधपुछ गरेको समेत दाबी गर्दै उनले भने, 'ती सबैको आधारमा श्रेष्ठको अपरहण भएको स्पष्ट पारेका हौं।' शेरचनले सञ्चारकर्मीहरूसँग आफूहरू शनिबारै उनलाई रिहाई गराउने अवस्थामा रहेको पनि जानकारी दिएका छन्। श्रेष्ठलाई कुन ठाउँमा राखिएको थियो त भन्ने प्रश्नमा उनले हाँस्दै भनेका थिए, 'नेपाल भित्रै।' सरकारले अपराधिलाई कारवाही गर्न नसक्ने ठोकूवा गर्दै उनले थपे, 'हामीहरू नै कारवाही गर्छौं।'

No comments: