लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्धारित दुई वर्षको अवधिमा नयाँ संविधान बनाउन नसकेकोमा संविधानसभाले जनतासित औपचारिक रूपमा क्षमा माग्ने भएको छ । यसका लागि दलहरूबीच आन्तरिक तयारी भइरहेको छ ।संविधानसभा अध्यक्ष सुवास नेम्वाङका अनुसार जनतासित सार्वजनिक रूपमा क्षमा माग्ने कार्यसँगै संविधानसभाले दुई वर्षको अवधिमा गरेका कामको समीक्षाका साथै बाँकी काम गर्न चाहिने कार्यतालिकासमेत सार्वजनिक गरिनेछ । 'सबै कुरा मैले दलहरूका बीचमा पनि राखिसकेको छु । छलफल भइरहेको छ,' अध्यक्ष नेम्वाङले भने, 'अविलम्ब सार्वजनिक गर्छौँ ।' क्षमायाचनासँगै के-के प्रतिबद्धता जाहेर गर्नेबारेमा दलहरू आन्तरिक छलफलमा रहेका छन् ।
No comments:
Post a Comment