News

Aug 10, 2008

माओवादीबाहेकको सरकार बनाउन कांग्रेसको प्रस्ताव एमालेले मानेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बहुमतीय आधारमा सरकार गठन प्रक्रियामा देश प्रवेश गर्न लागेका बेला नेपाली कांगे्सले माओवादीबाहेकको सरकार बनाउन प्रस्ताव गरेको छ।राष्ट्रिय सहमतिको आधारमा सरकार निर्माण नहुने भएपछि बहुमतकै सिद्धान्तअनुरूप सरकार निर्माण गर्दा पनि सहमति गरेर जान शुक्रबार सहमत भएका दलहरूको शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक बस्न भने सकेन।चार दलको बैठक सिंहदरबारमै बस्ने गरी अघिल्लो दिन उठेका नेताहरू शनिबार आआफनै ढंगले भेटवार्तामा केन्द्रित भए। यसले गर्दा शुक्रबार देखिएको सकारात्मक लक्षणमा पनि पुनः बादल लागेको छ। अझ नेपाली कांग्रेसका केही नेताहरूले एमाले, कांग्रेस र मधेसी जनअधिकार फोरमबीचको गठबन्धनलाई प्रभावकारी बनाई माओवादीबाहेकको सरकार बनाउनुपर्ने प्रस्ताव गरेपछि थप अन्योल सिर्जना भएको हो।नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूबीच शनिबार भएको बैठकले माओवादीमा कुनै लोकतान्त्रिक संस्कार नआएको, विगतका सहमति कार्यान्वयन नगरेकाले ऊबाहेकको सरकार बनाउनुपर्ने निष्कर्षनिकालेको प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी गराउनुभएको छ।शुक्रबार सिंहदरबारमा भएको चार दलको बैठकमा माओवादी नेतृत्वले समयसीमा तोकेरै निर्णय गरौं, आ�नो पार्टी वगतका सहमति कार्यान्वयन गर्न तयार छ’ भनी प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताका आधारमा शनिबार सरकार निर्माण गर्ने गरी खाका तयार गर्ने सहमति शुक्रबार भएको थियो।अघिल्लो दिनको सहमतिअनुसार बैठक नबसी नेपाली कांग्रेसले नेकपा (एमाले) समक्ष माओवादीबाहेकको सरकार गठनको प्रस्ताव गरेको जानकारीमा आउनुले षड्यन्त्र तीव्र ढंगले भइरहेको पुष्टि हुन्छ’ -माओवादीका नेता सीपी गजुरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो।नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार साँझ भएको भेटवार्तामा कांग्रेस सभापति एवम् कामचलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमतिको आधारमा सरकार गठन गर्नुपर्ने धारणा दोहोर्याउनुभएको बुझिएको छ। यद्यपि कोइरालाले माओवादीमा अझै सुधार नआइसकेकाले महत्त्वपूर्ण मन्त्रालय एकलौटी रूपमा दिन नहुने र सरकार गठनअगाडि मन्त्रालय बाँडफाँडमा सहमति हुनुपर्ने अडान राख्नुभएको बताइएको छ।एमाले महासचिव झलनाथ खनालले पनि सहमतिमै जोड दिँदै माओवादीलाई बाहेक गरेर सरकार बनाउनु मुलुकका लागि हितकार नहुने धारणा राखेको बताइएको छ।एक हप्तामा हाम्रो सरकारः प्रचण्डमाओवादी अध्यक्ष प्रचण्डले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एक हप्ताभित्र आफनो नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभएको छ।उहाँले माओवादीको नेतृत्वमा सरकार बनेमा जनताका चाहना र आकांक्षा पूरा हुने भयले केही दल अत्तँलिएर सकेसम्म माओवादीको नेतृत्वमा सरकार गठन हुन नदिन कम्मर कसेर लागेका तर त्यो षड्यन्त्र सफल नहुने विश्वास व्यक्त गर्नुभएको थियो।राष्ट्रिय सहमतिको सरकार नबनेपछि राष्ट्रपतिले संविधानसभाका अध्यक्षलाई बहुमतीय सरकार गठनका लागि पहल गर्न आग्रह गर्नुहुने जनाइएको छ। सो सन्देशसहितको पत्रका बारेमा आज आइतबार बस्ने संविधानसभा बैठकमा जानकारी गराइने बुझिएको छ।

No comments: