News

Aug 12, 2008

प्रचण्ड निर्विरोध हुने सम्भावना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय सहमतिका आधारमा सरकार गठन हुन नसकेपछि बहुमतका आधारमा संविधानसभामा आगामी शुक्रबार प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ। व्यवस्थापिका-संसद् कार्यव्यवस्था समितिको सोमबार बसेको बैठकले शुक्रबार १ बजे निर्वाचन गर्ने निर्णयगरेको थियो। बैठकपछि व्यवस्थापिका-संसद्को हैसियतमा बसेको संविधानसभा बैठकमा सभामुख सुवास नेम्वाङले निर्वाचनका बारेमा जानकारी दिँदै निर्वाचन कार्यक्रम प्रकाशित गर्न व्यवस्थापिका-संसद्का कार्यवाहक महासचिव मनोहरप्रसाद भट्टर्राईलाई निर्देशन दिनुभएको थियो। व्यवस्थापिका-संसद्ले सोमबार साँझ नै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ। जसअनुरूप प्रधानमन्त्रीको उम्मेदवारी मनोनयन गर्न बिहीवार दिनभरको समय दिइएको छ र साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। बहुमतका आधारमा निर्वाचन हुने भए पनि अहिलेसम्म माओवादी अध्यक्ष प्रचण्डको मात्र उम्मेदवारी पर्ने र निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ। एकभन्दा बढी उम्मेदवारको मनोनयन परेमा मतविभाजन (पक्षविपक्षमा हस्ताक्षर) बाट निर्वाचन प्रक्रिया अगाडि बढाइने जनाइएको छ। यसअघि राष्ट्रपति निर्वाचनमा गोप्य मतदान प्रक्रिया अपनाइएको थियो। सहमतिको प्रयाससंवैधानिक रूपमा राष्ट्रिय सहमतिको सरकार बन्न नसके पनि व्यावहारिक रूपमा राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरू गृहकार्यमा व्यस्त पाइएका छन्। संविधानसभामा रहेका चार ठूला दलहरू सोमबार दिनभर छुट्टाछुट्टै रूपमा छलफलमा व्यस्त रहे।नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा गएको कांग्रेस नेताहरूको टोलीले एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल र महासचिव झलनाथ खनालसँग छुट्टाछुट्टै छलफल गरेको थियो। पूर्वमहासचिव नेपाल र महासचिव खनालसहितको एमाले नेतृत्वसँग कुरा गर्दा कांग्रेसले शक्ति सन्तुलनका लागि रक्षामन्त्री नेपाली कांग्रेसलाई दिए मात्र सरकारमा जान सकिने नत्र प्रतिपक्षमा बस्ने जानकारी गराएको थियो।माओवादीले अझै पनि शान्ति प्रक्रियालाई आत्मसात गरिनसकेको र प्रजातन्त्रलाई रणनीतिको रूपमा मात्र अपनाएको देखिएकाले विगतमा गरेका थुपै सहमति पालना गरेको छैन।

No comments: