News

Aug 11, 2008

भारत्तोलनमा नेपाली खेडाली बाहिर, राष्ट्रिय कीर्तिमान कायम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका भारत्तोलक कमलबहादुर अधिकारी बेजिङ्ग ओलम्पिकको छनोट चरणबाटै बाहिरिएका छन् । ६९ केजी तौल समुहको छनोट चरणवाटै अधिकारीले नयाँ राष्ट्रिय किर्तिमान भने कायम गरेका छन् । ओलम्पिकमा अधिकारीले कुल २ सय ६८ केजी उचाल्दै नयाँ किर्तीमान कायम गरे भने यसअघि उनी आफैले कोलम्बोमा भएको सागमा २ सय ६६ केजी उचालेका राष्ट्रिय किर्तीमानलाई भंग गरेका छन् । अधिकारीले स्न्याचतर्फ १ सय १४ तथा क्लिन एण्ड जर्कमा १ सय ५४ केजी उचालेका छन् । यसअघि ओलम्पिकमा नेपालकी फुलमाया क्याप्छाकी सुटिङ्गको छनोट चरणबाटै बाहिरिएको बेइजिङमा रहेका नेपाली पत्रकार पवन आचार्यले एनकेडकमलाई इमेलमा जानकारी गरएका छन् ।

No comments: