News

Aug 10, 2008

सबै दल सहमत भइसकेको दावी माओवादी अध्यक्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न सबै दल सहमत भइसकेको दावी माओवादी अध्यक्ष प्रचण्डले गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न सबै दल सहमत भइसकेको बताएका छन् । साउन २६ गते सिंहदरवारस्थित शान्ति मन्त्रालयमा नेपाली कांग्रेसँगको छलफल सकिएपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टीले भावी सरकारका लागि अर्थ, रक्षा र गृह मन्त्रालयमध्ये एउटा मात्र अरु पार्टीलाई छाड्न सक्ने उल्लेख गरे । 'मन्त्रालय बाँडफाँडबारे नै हाम्रो छलफल जारी छ' प्रचण्डले भने । छलफलका अर्का सहभागि नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले शान्ति प्रक्रियासँग सम्बन्धित मन्त्रालय माओवादीले नलिदा शान्ति प्रक्रियालाई नै राम्रो हुने भएकाले आफ्नो पार्टीले रक्षा मन्त्रालयको दावी गरेको बताए । 'सेनामा राजनीतिकरण नहोस् भनेर हामीले रक्षाको दावी गरेका हौं, कुनै चलखेल गर्न होइन' महतले भने । माओवादी र एमालेबीच अहिले एमाले संसदीय दलको कार्यलयमा छलफल सुरु भएको छ ।

No comments: