News

Aug 10, 2008

राष्ट्रपतिको पत्र संविधानसभा बैठकमा प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार गठनको प्रक्रिया अघि बढाउन संविधानसभालाई अनुरोध गरिएको राष्ट्रपतिको पत्र संविधानसभा बैठकमा प्रस्तुत गरिएको छ । राष्ट्रपति डा. रामवरण यादवबाट सरकार गठनबारे संविधानसभालाई आएको पत्र संविधानसभा बैठकमा पढेर सुनाइएको छ । अन्तरिम संविधानको धारा ३८ को उपधारा २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन राष्ट्रपतिद्वारा अनुरोध गरिएको पत्र साउन २६ गते बसेको संविधानसभा बैठकमा अध्यक्ष सुवास नेम्वाङले पढेर सुनाएका थिए । सरकार गठनको प्रक्रिया संविधानसभा कार्यब्यवस्था समितिको २७ गते हुने बैठकले तय गर्ने श्रोतले बतायो । ब्यवस्थापिका संसदकोसमेत जिम्मेवारी निर्वाह गरिरहेको संविधानसभाको अर्को बैठक २७ गते २ बजे हुनेछ । साउन २६ गते बिहान संविधानसभा सचिवालयमा दर्ता भएको राष्ट्रपतिका नाममा राष्ट्रपतिका सचिवले पठाएको पत्रमा सहमतिको सरकार बनाउन पहिले ७ दिन तथा पछि ३ दिन थप गरिएको पनि उल्लेख छ ।

No comments: