News

Aug 11, 2008

नेपाली युवकद्वारा लगातार पढेर विश्व रेकर्डको प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुरको पाटन बहुमुखी क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत २३ वर्षीय दीपक शर्मालगातार १ सय १२ घण्टा पढेर विश्व रेकर्ड तोड्ने अभियानमा लागेका छन् । द रिड क्लबले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले 'लार्ज रिडिङ अलाउड म्याराथन बाइ एन इन्डिभिजुअल' नामक कार्यक्रम तय गरी यस्तो अभियानको प्रस्तुति थाल्ने बताएका छन् ।पत्रकार सम्मेलनमा बोल्दै ललितपुरको धापाखेलका शर्माले स्कुलमा धेरै पढ्ने बानी र इन्टरनेटको प्रभावका कारण आफूले केही न केही गरी देशको नाम राखौं भन्ने उद्देश्यका साथ लामो समयसम्म पढेर देशको नाम विश्वमा चिनाउन लागेको बताए । एक घण्टा लगातार पढेपछि पाँच मिनेट बिश्रामको समय दिइने जनाइएको छ । लामो समयसम्म पढेर गिनिज बुकमा आफ्नो नाम रेकर्ड गर्न लागिपरेका शर्माले आफ्नो प्रतिभा तथा क्षमता आगामी असोज ३ गते प्रस्तुत गर्न जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।प्रस्तुतिका बेला उहाँले पारिजातका कृति लगायत दोषी चस्मा, छापामारको छोरो जस्ता नेपाली साहित्यका कृतिहरू पढ्ने तय गर्नुभएको छ । यसो त, १९८७ मा बेलायतका हिल्टन नामक नागरिकले ११० घण्टा ४६ सेकेन्ड लगातार पढेर विश्व रेकर्ड राखेका थिए ।

No comments: