News

Aug 9, 2008

'माओवादी सरकारमा नजाने सम्भावना बढ्यो'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमतिको सरकार बनाउन प्रमुख चार दल असफल देखिएको बेला माओवादीका एक वरिष्ठ नेताले नेपाली कांग्रेसको ढिपीका कारण माओवादी सरकारमा जाने सम्भावना समाप्त हुनलागेको बताएका छन् ।
माओवादी सचिवालय सदस्य देव गुरुङले नेपाली कांग्रेसको ढिपीका कारण माओवादी सरकारमा नजाने सम्भावना बढेको बताएका छन् । राजधानीमा साउन २५ गते स्याङ्जा-काठमाडौं गणतान्त्रिक मंचले आयोजना गरेको भेलामा बोल्दै गुरुङले नेपाली कांग्रेसले रक्षा मन्त्रालय नछाड्ने ढिपी गरेका कारण सहमति हुननसकेको उल्लेख गरे । गुरुङले अब राष्ट्रिय सहमतिको सरकार नबन्ने पनि दावी गरे । कार्यक्रममा गुरुङले माओवादीले अब राष्ट्रियतालाई प्रमुख मुद्धा बनाएर संघर्ष गर्ने तथा त्यो संघर्ष भारत र नेपाली कांग्रेसबिरुद्ध हुने बताए । शान्तिपूर्ण तथा शहरी बिद्रोहको नीतिका आधारमा संघर्ष नगरे माओवादी सकिने पनि गुरुङको टिप्पणी थियो । अब हुने संघर्षमा एमालेसँग सहकार्य हुने पनि गुरुङले कार्यक्रममा दावी गरे ।

No comments: