News

Aug 10, 2008

आदिवासी सप्ताह सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ सूत्रीय काठमाडौं घोषणापत्र जारी गर्दै नेपालमा विश्व आदिवासी दिवस सप्ताह शनिबार बृहत् समारोहका बीच सम्पन्न भएको छ। जातीय स्वायत्तता र आत्मनिर्णयो अधिकार, स्वाधीन, संघीय र समृद्ध नेपालको मूल आधार मूल नाराका साथ आयोजित आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति महासंघले सेप्टेम्बर १३, २००७ मा नेपालद्वारा अनुमोदित अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ र सोही वर्ष१४ सेप्टेम्बरमा अनुमोदित आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रलाई हुबहु कार्यान्वयन गर्न जोड दिएको छ।घोषणापत्रमा नेपाल सरकार, नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संर्घष समितिबीच अगस्ट ७, २००७ मा भएको २० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, जाति, भाषा र क्षेत्रका आधारमा संघात्मक लोकतान्त्रिक गणतन्त्र स्पष्ट किटान गरिनुपर्नेलगायतका कुरा उल्लेख छन्।नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेपा र महासचिव रामबहादुर थापाद्वारा हस्ताक्षरित घोषणापत्रमा राज्यले परम्परागत ज्ञान, सीप, कला र संस्कृतिलाई संरक्षण प्रवर्द्धन र विकासका अधिकार दिनुपर्ने, पुख्र्यौली भूमि, वनजंगल र क्षेत्रको स्वामित्व जातीय स्वायत्त राज्यमा कानुनी मान्यताको ग्यारेन्टी गर्नुपर्ने समेत माग गरिएको छ।बृहत् सांस्कृतिक झाँकीले नगर परिक्रमापछि दशरथ रंगशालामा आयोजित जनजातीय सभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भन्नुभयो- जनताद्वारा निर्मित संविधानलाई जबसम्म सबै नेपालीले गौरव गर्न सक्दैनन् तबसम्म आन्दोलनलाई निरन्तरता दिइरहनुपर्छ।सभामा संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुन र नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।मानवअधिकारवादी पद्मरत्न तुलाधर, डा. चैतन्य सुब्बा, नागरिक समाजका अध्यक्ष कमलमणि दीक्षित, अर्थमन्त्री रामशरण महतलगायतले पनि बोल्नुभएको थियो।

No comments: