News

Aug 11, 2008

पूर्वराजा ज्ञानेन्द्रको सुविधाविरुद्ध हस्तक्षेप नगर्न अदालतसँग अनुरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पूर्वराजा ज्ञानेन्द्र र उहाँका परिवारलाई आवासलगायतका विषयमा दिइएको सुविधाविरुद्ध हस्तक्षेप नगर्न सर्वोच्च अदालतसँग अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री कोइरालाले आइतबार सर्वोच्च अदालतमा एक रिट निवेदनको लिखित जबाफ पेस गर्दै सर्वोच्चसँग सो अनुरोध गर्नुभएको हो।पूर्वराजाका परिवारलाई दिइएको सुविधा संविधानविपरीत भएको दाबी गरी अधिवक्ता भूपेन्द्रप्रसाद पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। गत जेठ २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वराजा ज्ञानेन्द्र र उहाँका परिवारलाई नागार्जुन दरबार र अन्य सुविधा दिने निर्णय गरेको थियो।सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा गत जेठ १५ गते मुलुकलाई गणतन्त्र घोषित गर्ने गरी संविधानसभाले गरेको निर्णय वपरीत पूर्वराजालाई विभिन्न सुविधा दिइएको दाबी गरिएको छ।राजा ज्ञानेन्द्र र उहाँका परिवारलाई नागार्जुन दरबार, नारायणहिटी राजदरबारभित्रको महेन्द्र मन्जिल, सुरक्षालगायतका सुविधा सरकारले दिँदै आएको छ। प्रधानमन्त्री कोइरालाद्वारा पेस गरिएको लिखित जबाफमा संविधानसभाबाट पारित गणतन्त्रसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्ने सिलसिलामा पूर्वराजा ज्ञानेन्द्रलाई सुविधा दिइएको उल्लेख छ।

No comments: