News

Aug 12, 2008

यातायात बन्दले पूर्वको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहकर्मी हत्याको विरोधमा पूर्वका यातायात मजदुरहरुले गरेको चक्कजामका कारण पूर्वका चार अञ्चलको जनजीवन प्रभावित भएको छ । गत बिहीबार सर्लाहीमा बस चालक कृष्ण खवासको लुटेराहरुले हानेको गोलि लागी मृत्यु भएपछि उनीहरु आन्दोलित भएका हुन् ।बन्दका कारण पूर्वका मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण संस्था उद्योग कलकारखाना समेत बन्द भएका छन् । बन्दकर्ताहरुले मृतकको परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने लगायत ६ सूत्रीय माग राखी ३ दिनदेखि बन्द जारी राखेका छन् । उनीहरुले बन्दको अवज्ञा गरेको भन्दै सुनसरीको इटहरीमा यात्रुबाहक बसमा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले ना३ख २६०१, २५७७, ३६७९, ना२ख ३९७९ नम्वरका बस र केही ट्रकमा तोडफोड गरी क्षति पुर्‍याएका छन् । त्यस्तै सिराहाको लहानमा काठमाडौवाट काकडभिट्टा जाँदैगरेको ना२ख १३०० नम्वरको वस तोडफोड गरेको पू्र्वक्षेत्र प्रहरी कार्यालयले जनाएको छ ।उनीहरुले राजमार्गको विर्तामोड, काकडभिट्टा, दमक, इटहरी ,धरान, विराटनगर, राजविराज, लहान लगायतका प्रमुख स्थानमा टायर बालेर प्रदर्शन गरेका कारण यातायात सेवा पूर्णरुपले ठप्प भएको छ ।प्रदर्शनकारीले बन्दको अबज्ञा गरेको भन्दै सुनसरी र धनकुटामा केही सवारी साधनमा तोडफोड गरेका छन् ।

No comments: