News

Aug 12, 2008

दुधको मूल्य प्रतिलिटर ४ मूल्यवृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दैनिक उपभोग्य वस्तुको मूल्य बढेर महँगीको मारमा परिरहेका उपभोक्ताले आज मंगलबारदेखि दूधको मूल्य पनि बढी तिर्नुपर्ने भएको छ। दुग्ध विकास संस्थानले मंगलबारदेखि दुधको मूल्य प्रतिलिटर ४ रुपियाँ बढाएको छ। आजबाट उपभोक्ताले प्रतिप्याकेट दूधका लागि १७ रुपियाँ तिर्नुपर्नेछ। संस्थानले १३ महिनाअघि दूधको मूल्य प्रतिलिटर २७ बाट ३० रुपियाँ पुर्याएको थियो। त्यसबेला पनि उपभोक्ताले प्रतिप्याकेटमा दुइ रुपियाँ बढी मूल्य तिर्नुपरेको थियो।संस्थान सञ्चालक समितिको सोमबारको बैठकले किसानसँग किन्ने दूधको मूल्य पनि बढाएको छ। संस्थानले प्रशोधित दूधको मूल्य प्रतिलिटर चार रुपियाँ बढाएको भए पनि किसानलाई भने बढेको मूल्यको ६३ प्रतिशत मात्र दिने भएको छ।किसानले साबिकमा पाइरहेको मूल्यमा अब प्रतिलिटर दुइ रुपियाँ ५२ पैसा बढी पाउनेछन्। किसानले प्रतिलिटर दूधमा ६ रुपियाँ बढाउन माग गर्दै आएका थिए। तर उपभोक्तालाई बढी असर पर्ने देखेर हामीले किसानको मागभन्दा केही थोरै भए पनि मूल्य बढाएर राहत दिने निर्णयगरेका छौं’ -दुग्ध विकास संस्थानका महाप्रबन्धक अजबलाल यादवले भन्नुभयो।

No comments: