News

Aug 11, 2008

नयाँ प्रधानमन्त्रीको चुनाव साउन ३१ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ प्रधानमन्त्रीको चुनाव साउन ३१ गते तथा उमेदवारी दर्ता साउन ३० गते हुने भएको छ । प्रधानमन्त्रीको चुनाव साउन ३१ गते बिहान ११ बजेदेखि हुने भएको छ । संविधानसभा कार्यव्यवस्था परामर्श समितिको साउन २७ गते बसेको बैठकले त्यस्तो निर्णय गरेको सदभावना महतोतर्फबाट समितिमा सदस्य रहेका अनिल झाले जानकारी दिएका हुन् । झाका अनुसार, साउन ३० गते प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता कार्यक्रमको व्यस्था गरिएको छ । निर्वाचन कार्यक्रमको बिस्तृत विवरण भने आउन बाँकि छ । सहमतिको सरकार नबन्ने भएपछि राष्ट्रपति डा. रामवरण यादवले साउन २६ गते संविधानसभालाई बहुमतीय प्रणालीबाट नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन अनुरोधपत्र पठाएका थिए । दलहरुबीच अहिले पनि निर्विरोध प्रधानमन्त्री चयन गर्ने सहमति प्रयास भने जारी छ ।
माओवादीतर्फबाट कार्यव्यवस्था समितिमा रहेका खिमलाल देवकोटाका अनुसार भाद्र १६ गतेदेखि सभासदले क्रिम कलरको कोट अनिवार्यरुपमा लगाउनुपर्ने निर्णय पनि समितिले गरेको छ ।

No comments: