News

Aug 9, 2008

तेह्र सय तिब्बती शरणार्थी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङमा ओलम्पिक खेल उद्घाटन हुने दिन शुक्रबार नै काठमाडौंमा तिब्बती शरणार्थीहरूले तिब्बत स्वतन्त्र हुनुपर्ने र मानवअधिकार र धार्मिक स्वतन्त्रताका लागि राष्ट्रसंघले सहयोग गर्नुपर्ने आहवान गर्दै प्रदर्श्र् गरेका छन्। बिहान ८ बजेदेखि १२ बजेसम्म लगातार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी तेह्र सय दुइ जना तिब्बतीलाई पक्राउ गरेको थियो।राजधानीको जयनेपाल हल अगाडि बस चढेर आएर तिब्बतीहरूले प्रदर्शन गरेका थिए। बिहीबार राजधानीमा भएको भोक हडतालको क्रममा प्रहरीले हस्तक्षेप गरी पाँच सय तेह्र तिब्बतीलाई पक्राउ गरेको थियो।ओलम्पिक उद्घाटन भइरहेका समयमा भने तिब्बतीहरूले बौद्धबाट मैनबत्ती र्याली आयोजना गरेका थिए र र्याली चुच्चेपाटीसम्म आएर पुनः बौद्धमा पुगी समापन भएको थियो। प्रदर्शनका क्रममा तिब्बतीहरूले चीनले तिब्बतमा गरेको दमनको विरोध गर्दै चीनविरोधी नारा लगाएका थिए।

No comments: