News

Aug 11, 2008

सभासदहरुले क्रिम कलरको कोट लगाउनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका सदस्यहरुका लागि एकै रंगको कोट लगाउनुपर्ने नियम बनाइएको छ । सभासदहरु संविधानसभा वैठकमा उपस्थित हुँदा आफूखुसी पोशाक लगाउने गरेका छन् । तर अब आगामी भदौ १६ गतेदेखि भने क्रिम कलरको कोट लगाउन अनिवार्य गरिएको छ ।संविधानसभा कार्यव्यवस्था समितिको आज सोमबार बसेको वैठकमा यस्तो निर्णय गरिएको हो । यसअघि नेकपा माओवादीका सभासदहरुले भने समान रंगको कोट लगाएर वैठकमा उपस्थित हुने गरेका थिए । अरुले भने आफूखुसी रुपमा पोशाक लगाउँदै आएका छन् ।

No comments: