News

Aug 10, 2008

१२ वर्षपछि हङकङमा पान्थरेहरूको प्रथम अधिवेशन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
३ अगष्ट २००८ का दिन पान्थर मञ्च हङकङ तदर्थ समितिको अध्यक्ष कृष्ण राज लाओती (लिम्बु)को अध्यक्षतामा प्रमुख अतिथि महावाणिज्यदूत केशव प्रसाद
भटराईलगायत बिभिन्न सँघसंस्था प्रतिनिधहिरूको बीच याउमाताई कम्युनिटी हलमा सम्पन भएको थियो । कार्यक्रम मा स्‍वागत मन्‍तबय श्री हर्क राना (मगर) ले गर्नु भएको थियो भने कार्यक्रम सञ्‍चाल श्री प्रताप राई ले गर्नु भएको थियो । स्‍वागत गित मोती चाम्लिङ ले गाउनु का साथै सुनिता राना ले कबिता वाचन गर्नु भएको थियो । दोस्रो कार्यक्रम बन्द सत्रका अध्यक्ष भूपेन्द्र चेमजोङ (लिम्बू), सदस्यहरू मोती चाम्लिङ (राई) र हेम लाओती (लिम्बु)बाट सन्चालन भएको थियो । तदर्थ समितिबाट प्रस्तुत गरिएको सांगठनिक प्रतिबेदन, आर्थिक प्रतिबेदन, र विधान मस्योदा समितिले प्रस्तुत गरेको विधानउपर गहन छलफलपछि सर्बसम्मतिबाट पास भएको थियो । त्यस पछिको कार्रयक्रम निर्वाचन मण्डलका निर्वाचन अधिकृत ओम राज सम्बाहाङफे (लिम्बू), सदस्यहरू हाङयुग अज्ञायत थाम्सुहाङ र पुष्पा नेम्बाङ (लिम्बू)हरूबाट संचालन भएको थियो। निर्वाचन मण्डलबाट आवेदनको लागि आव्हान भएपछि निर्बतमान तदर्थ समितिका अध्यक्ष कृष्ण राज लाओतीद्वारा आफूलगायत अन्य सदस्यहरूको पनि मनोनयन पत्र निवार्चन अधिकृतकोमा मनोनयन पत्र दर्ता गराएका थिए। मनोनयन पत्रमाथि निवार्चन मण्डलले दिएको दाबी बिरोधको समय समाप्त भएपछि निवार्चन मण्डलद्वारा कृष्ण राज लाओती (लिम्बू)को अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको नामावली घोषणा गरेको थियो । निर्वाचित सदस्यहरूको नामावली निम्नअनुसार छ :- अध्यक्ष कृष्ण राज लाओती (लिम्बू), उपाध्यक्ष हर्क प्रसाद राना ९मगर०, सचिव प्रताप कुमार कोयू (राई), सह-सचिव कल्पना तुम्रोक (लिम्बू), कोषाध्यक्ष कुमार गुरुङ, सदस्यहरू कमान धोज लाओती (लिम्बू), गजुर मान जबेगु (लिम्बू), पुष्पा राई, शिव सम्बाहाङफे (लिम्बू), टिका राम माखिम (लिम्बू), र ईन्द्र काम्बाङ (लिम्बू) ।

No comments: