News

Aug 12, 2008

सहमतिको सरकार बनाउनुको बिकल्प नरहेको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशित गरिसकेको भए पनि एमाले स्थायी समिति बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउनुको बिकल्प नरहेको आफ्नो पुरानो अडानमै जोड दिएको छ ।
एमाले स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । साउन २८ गते पार्टी केन्द्रीय कार्यलय बल्खुमा भएको बैठकले माओवादी र नेपाली कांग्रेसले रक्षा मन्त्रालयमा अनावश्यक झमेला गर्नु आवश्यक नरहेको निश्कर्ष निकालेको पनि स्थायी समिति सदस्य तथा प्रचार बिभाग प्रमुख इश्वर पोखरेलले जानकारी दिए । 'मन्त्रालयमा झमेला गरेर सहमतिको सरकार बन्ने वातावरण बिगार्ने काम गर्नुहुदैन भन्ने हाम्रो भनाई हो' पोखरेलले भने । स्थायी समितिको बैठकले केन्द्रीय कमिटीको बैठक भदौ १४ गते गर्ने निर्णय पनि गरेको छ । यद्यपि, संविधानसभाले प्रधानमन्त्रीको निर्वाचन साउन ३१ गते गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीको उमेदवारी साउन ३१ गते दर्ता गर्नुपर्ने कार्यक्रम पनि संविधानसभाले प्रकाशित गरिसकेको छ ।

No comments: