लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले उच्चस्तरीय मिडिया सुझाव आयोगले दिएको प्रतिवेदन
कार्यान्वयन गर्नका लागि आवश्यक अध्ययन भइरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको रासस शाखाले प्रकाशन गरेको 'विश्वग्राम' नामक लेख संग्रहको राजधानीमा विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।विश्वका समाचार समितिहरूको अध्ययनका आधारमा राष्ट्रिय समाचार समितिलाई पनि विकास गर्न पहल गर्ने बताउनुभयो । पत्रकारितालाई नयाँ रूपबाट अगाडि बढाइने सोच भइरहेको जानकारी पनि उहाँले दिनुभयो । प्रेसले राष्ट्र र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्नेमा जोड दिँदै उहाँले इमान्दारी र विश्वासनीयतालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्नुभयो ।
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले उच्चस्तरीय मिडिया सुझाव आयोगले दिएको प्रतिवेदन
.jpg)
No comments:
Post a Comment