News

Oct 1, 2008

नेपाली चेलीको दोहा विमानस्थलबाट उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेकी नेपाली चेली दिलकुमारी गुरुङ्गलाई नेपाली दूतावास कतारका कर्मचारीले उद्धार गरेका छन् । घरायसी कामका लागि कतारमा जाने नेपाली महिलाई नेपाल सरकारले रोक लगाएको भए पनि गैरकानुनी रूपमा जाने र लैजाने क्रम रोकिएको छैन ।उनी भारतको नयाँदिल्लीबाट कतारका लागि उडेकी थिइन् । कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सम्वन्धित मालिकले लिन नआउँदा अलपत्र परेकी ती चेलीलाई नेपाली दूतावासबाट विमानस्थल भ्रमणमा गएका कर्मचारीले फेला पारी उद्धार गरेको नेपाली राजदूतावास कतारले जनाएको छ । कतार लगायत सम्पूर्ण खाडी राष्ट्रमा घरायसी कामकालागि आउने महिलालाई कानुनी रूपमा रोक लगाइएको भए पनि बेला मौकामा कानुनको आँखा छल्दै भारतको बाटो भएर आउने नेपाली महिलाहरूले यस्तो दुख पाउने गरेको राष्ट्रिय समाचार समितिले आफ्नो समाचारमा जनाएको छ ।घरायसी कामकालागि वाहेक वेटर, क्लिनर, सेल्स, सेक्युरिटीलगायतका कामकालागि भने नेपाली महिलाहरूलाई बन्देज लगाइएको छैन । राजदूतावास प्रथमसचिव रामकाजी खड्काका अनुसार १५ दिनपछि आवश्यक प्रकृया पुर्‍याएर उनलाई नेपाल फर्काइनेछ ।

No comments: