News

Oct 11, 2008

विख्यात अभिनेता अमिताभ बच्चन अस्वस्थ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बलिउडका सर्वकालीन विख्यात अभिनेता सुपरस्टार अमिताभ बच्चन अस्वस्थ भएका छन् । आजकै दिन जन्मदिन परेका अभिनेता बच्चन पेटमा समस्या देखिएपछि हिजो गएरातिदेखि अस्वस्थ भएका हुन् । पेटमा पीडा भएको प्रारम्भिक जानकारी आए पनि उनको स्वास्थ्यस्थितिबारे विस्तृत सार्वजनिक गरिएको छैन ।प्रारम्भिक उपचार नानावटी अस्पतालमा गरिएका बच्चनलाई लीलावती अस्पतालमा थप परीक्षण उपचारका लागि भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उपचारस्थलमा अभिनेता बच्चनका छोराबुहारी अभिषेक र ऐश्वर्या बच्चनलगायत परिवारका सदस्यका साथै आफन्त र शुभचिन्तकहरु उपस्थित रहेका छन् ।

No comments: