News

Oct 11, 2008

माधवकुमार नेपालललाई उच्चस्तरीय संयन्त्रको संयोजक बन्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालललाई सरकार सञ्चालनका लागि निर्माण गरिन लागेको उच्चस्तरीय संयन्त्रको संयोजक बन्न आग्रह गर्नुभएको छ । आज शनिबार बिहान राजधानीको कोटेश्वरस्थित निवासमा भएको भेटमा प्रधानमन्त्रीले यस्ता आग्रह गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले नेपाललाई संविधान मस्यौदा समितिको संयोजक बन्न समेत आग्रह गर्नुभएको छ ।भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूले नेपाललाई संविधान मस्यौदा समिति अनि सरकार सञ्चालनको विशेष समितिको संयोजक बन्न आग्रह गरेको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । यसैगरी प्रचण्डले नेपाललाई उपनिर्वाचनमा उम्मेदवार बन्न समेत आग्रह गर्नुभएको बताइएको छ । उपनिर्वाचनमा उम्मेदवार भए विजयी बनाउन सहयोग गर्ने आवश्वास उहाँले दिनुभएको जनाइएको छ ।प्रधानमन्त्री प्रचण्डले नेपाललाई सभासद बनेर संविधान निर्माणमा अहम भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो । नेपालले भने प्रचण्डको प्रस्तावबारे छलफल गरी निर्णय दिने बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुपर्नेमा जोड दिनुभएको छ ।

No comments: