News

Oct 11, 2008

'सशस्त्र समूहसँग वार्तानिम्ति सञ्चारकर्मी प्रयोग अनुचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सशस्त्र समूहसँग वार्ताका प्रसंगमा सरकारद्वारा व्यक्तिगत ढंगले सञ्चारकर्मीलाई सम्वादसूत्रका रुपमा प्रयोग गरिएकामा चिन्ता व्यक्त गर्नुभएको छ । महासंघ धनुषाद्वारा शनिबार आयोजित छलफल कार्यक्रममा उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।महासंघलाई औपचारिकरुपमा वार्ताका लागि पहल गरिदिन सरकारद्वारा आग्रह नआएको स्थितिमा व्यक्तिगत ढंगले सञ्चारकर्मी प्रयोग हुनु राम्रो होइन भन्नुभयो । पत्रकारको आवरणमा अनैतिक काम गर्ने र सुरक्षाको माग गर्ने गैरपत्रकारको घुसपैठ बढ्दै गएकामा चिन्ता गर्दै उहाँले अनैतिक, आपराधिक र अमर्यादित कार्यलाई निरुत्साहित गर्नु जरुरी रहेको बताउनुभयो ।

No comments: