News

Feb 9, 2009

संयुक्त लिम्बुवान मोर्चाको इलाम नगरीमा आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,इलाम/ डीबी आङबुङ
संयुक्त लिम्बुवान मोर्चा, नेपालको निर्धारित कार्यक्रमअनुसार माघ २५ गते लिम्बुवानको इलाम नगरीमा विशाल जनमास प्रदर्शन र आमसभा गर्दै सम्पन्न भएको छ ।प्राकतिक हिसाबले सुन्दर, आर्थिक सम्भाब्यता र पर्यटनका हिसाबले असिमित सम्भावना बोकेको पहाडी जिल्ला इलाममा जातिगत र साँस्कृतिक हिसाबले पनि विभिन्न जात जातिका जनसमुदायहरुको बसोबास रहेको छ । यहाँका लिम्बूका साथै लेप्चा जाति त्यहीका आदिवासी जनजाति हुन्‌ । लिम्बुवानकै प्राकृतिक, जातिगत र साँस्कृतिका हिसाबले उदाहरणीय सम्भावना बोकेको यो जिल्लामा यहाँका लिम्बुवानवासी जनताहरु लिम्बुवान जातीय स्वायत्तताका लागि सहमत भर्इ लागि परेका छन्‌ ।विशेषत: लिम्बू, रार्इ, लेप्चा, नेवार र अन्य जातिको पनि लिम्बुवान स्वायत्तताको लागि गाउँ गाउँमा संगठित भएका छन्‌ । इलामका ४९ वटै गाउँ विकास समितिबाट कार्यक्रममा उपस्थिति रहेको थियो । सभालार्इ सम्बोधन गर्दै नेकपा एमाले सम्वद्ध लोकतान्त्रिक किरात लिम्बू संघका तर्फबाट आफनो विचारराख्दै महासचिव त्रिबेणी चोङबाङले अब लिम्बुवान स्वायत्तता प्राप्तिका लागि सबै लिम्बुवानवासी एकजुट हुनु पर्ने र एक्लै दगुरेर प्रथम हुन नसकिने विचार राख्नु भयो । मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन मिराकले अब लिम्बुवानवासी जनता मोर्चाको नेतृत्वमा काठमाडौं गर्इकेन्द्रीकृत सत्ता र संविधान सभा घेर्नु पर्ने भएकोले सबैलार्इ तयारी हुन आहवान गर्नुभयो । नेकपा माओवादी सम्बद्ध लिम्बुवान राष्टि्रय मुक्ती मोर्चाका अध्यक्ष श्री जबेगूले यदि लिम्बुवानको प्राप्ति नभए लिम्बुवानवासी जनता अर्को विद्रोहको लागि तयारी रहनुपर्ने कुरा बताउनु भयो ।

No comments: