News

Feb 14, 2009

अमेरिकाका एक नौवर्षे बालकले डेटिङसम्बन्धी पुस्तक लेखे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन डिसी/ युवाहरूले साथीभाइ, परिवारसँग रोमान्टिक सल्लाह माग्नु त सामान्य हो । तर, संयुक्त राज्य अमेरिकाका एक नौवर्षे बालकले डेटिङसम्बन्धी पुस्तक लेखेका छन् । कोलोराडोका एलेस गि्रभेनले 'हाउ टु टक टु गल्र्स' भन्ने पुस्तक लेखेका छन् । प्राथमिक स्कुल प्रोजेक्टका रूपमा सुरु भएको यो पुस्तक अहिले न्युयोर्क टाइम्सको बेस्ट सेलर भएको छ । 'खेल मैदानमा केटाहरूले गरेका गल्ती मैले नियालेँ,' एलेस भन्छन्, 'कैयौं केटाहरूले गलत कुराकानी गर्ने गर्छन् अथवा कैयौं केटा प्रेमिकाले छोडेपछिको पीडाबाट मुक्त हुन सक्दैनन् ।' नौवर्षे एलेसका अनुसार केटीहरूको मनमुटु जित्ने मुख्य साँचो भनेको उनीहरूप्रति चासो देखाउनु नै हो । उनी पुरुषलाई सल्लाह दिँदै भन्छन्, 'कुराकानी गर्दा अधिकांश समय उनलाई बोल्न दिनुस् ताकि तपाइर्ं कुनै गल्ती गर्नबाट बच्नुहुन्छ ।' सामान्य केटीका पछि लाग्न उनी केटाहरूलाई सल्लाह दिन्छन् । 'प्रायः केटाहरूका लागि सबैभन्दा उत्तम छनोट भनेको सामान्य केटी नै हुन् । सुन्दरी केटीहरू केटाको मामलामा चिसा हुन्छन्,' उनी सल्लाह दिन्छन् । केटीले छोडे पनि हरेस नखाई जीवन बाँच्दै जानुपर्ने उनको राय छ । अन्यलाई डेटिङ टिप्स् दिने यी साना लभगुरुले भने अहिलेसम्म प्रेमिका बनाएका छैनन् । 'म डेटिङका लागि अलि सानै छु,' उनी भन्छन् । उनका 'हाउ टु टक टु मम्स, 'हाउ टु टक टु ड्याड', 'हाउ टु टक टु ग्रयान्ड प्यारेन्टस्' छिट्टै बजारमा आउँदै छन् ।

No comments: